काठमाडौं । नेपाली कांग्रेस सदस्यता व्यवस्थापन केन्द्रीय समितिको बैठकबाट कांग्रेसको सदस्यता अनलाइनबाटै लिने दिने व्यवस्था खुला गरिएको छ ।
समितिका संयोजक एवं पार्टीका महामन्त्री गगनकुमार थापाको संयोजकत्वमा पार्टीको केन्द्रीय कार्यालयमा बसेको बैठकले सो निर्णय गरेको हो । बैठकको नेपाली कांग्रेसको सदस्यता अनलाइनबाट खुला गरेको छ । नेपाली कांग्रेसको सदस्य बन्न कांग्रेसको वेबसाइटमा गएर सदस्यता आवेदन दिनुपर्ने छ । आवेदनका साथै शुल्क पनि अनलाइनबाटै तिर्ने व्यवस्था मिलाइएको छ ।
सदस्यता फारम भरिसकेपछि त्यसको जानकारी मोवाइलमा म्यासेजमार्फत प्राप्त हुनेछ । यसरी प्राप्त आवेदन पार्टीको केन्द्रीय कार्यालयबाट आवश्यक प्रक्रिया पूरा गरी अनलाइनबाटै फोटोसहितको सदस्यता कार्ड आवेदन दिने व्यक्तिलाई प्राप्त हुनेछ ।
यसअघि नेपाली कांग्रेसको क्रियाशील सदस्य भइसकेका व्यक्तिको क्रियाशील सदस्यता कार्ड केन्द्रले उपलब्ध गराउँदै आएकोमा अब पार्टी जिल्ला कार्यालयले नै प्रिन्ट गरी सम्बन्धित व्यक्तिलाई उपलब्ध गराउन सक्ने गरी सहज व्यवस्था गरिएको छ ।




















प्रतिक्रिया