झापा । गएको प्रतिनिधी सभा चुनाबमा झापा क्षेत्र नम्बर ४ बाट बागी उम्मेदवार बनेकी खुस्बु ओलीलाई राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले काखी च्यापेकाे भन्दै पार्टीभित्र भाडभैलो भएको छ।
आफ्नै पार्टीका उम्मेदवारबिरुद्ध बागी उम्मेदवार उठेपछि खुस्बुलाई राप्रपा झापा जिल्ला कार्यसमितिले साधरण सदस्य समेत नरहने गरी पार्टीबाट निस्काषित गरेको थियो। पार्टीबाट निस्काषित भएकी ओलीलाई अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीको केन्द्रीय सदस्य र प्रशिक्षण विभागको उप प्रमुखमा असार १२ गते नियुक्ति दिएपछि पार्टीभित्र तीब्र आलाेचना बढेकाे हाे। लिङ्देनको उक्त कदमबिरुद्व पार्टीमा क्रियाशील नेता तथा कार्यकर्ताले असन्तुष्टि जनाएका छन् ।
‘अध्यक्षले जे गर्दा पनि हुँदो रहेछ। आफ्नै पार्टीको उम्मेदवारलाई हराउन उम्मेदवार बन्ने ओलीलाई सबक सिकाउनु पर्नेमा क्रेनले उठाएर ल्याए जस्तै पदमा राखेपछि हामीमा अपमानित तथा लज्जाबोध भएको अनुभूती भएको छ’, राप्रपाका एक केन्द्रीय सदस्यले भने, ‘अध्यक्षको काम गराईले हाम्रो उर्जा घटेको छ, राजनितिक भविष्य नै अन्यौल देखेका छौ ।’
पार्टी विधि र पद्धतिअनुसार चल्नुपर्नेमा जोड दिँदै नेतृत्वलाई खुसी पार्नेहरु मात्र पार्टीमा हाबी हुने अवस्था आएकाे ती नेताले बताए। ‘उहाँको काम गराई बुझिनसक्नुछ, उदेक लाग्दो छ’, नाम नखुलाउने शर्तमा ती केन्द्रीय नेताले भने, ‘यनि हाउ आफू जित्न पाउँ भनेर पार्टीका उम्मेदवारलाई एमालेसँग भिडाउनु हुन्छ, आँफू चाँहि सेभ जोनमा खेल्दै त्यही एमालेसँग एलायन्स गर्नुहुन्छ।’
यता राप्रपा झापा जिल्ला अध्यक्ष केशव ओझाले भने ओलीलाई कारवाहीको लागि सिफारिस मात्र गरिएको जवाफ दिए । तर उनले निकालेको बिज्ञप्तिमा साधरण सदस्य समेत नरहने गरी कारवाही गरिएको उल्लेख छ । अध्यक्ष ओझाले भने, ‘खुस्बु ओली जी आत्मआलोचना गर्दै पार्टीमा खट्छु । हरेक गतिविधिसमा सक्रिय हुन्छु भनेपछि केन्द्रीय अध्यक्ष ज्यूले पार्टीको जिम्मेवारी पदमा मनोनित गर्नुभएको हो। यसमा जिल्ला भन्दा केन्द्रको निर्णय नै उपयुक्त हुन्छ।’
त्यसो त पार्टीको असार १० भएको केन्द्रीय कार्यसम्पादन बैठकमा अधिकांश सदस्यहरुले पार्टी संचालन गर्न दीर्घकालिन योजना, फराकिलो चिन्तन र सबैलाई समेट्न सक्ने क्षमताको आवश्यकता पर्ने तर अहिले पार्टी नेतृत्व चाकरी, चाप्लुसी र भक्तिगानमा रुमल्लिँदै एकाङ्गी ढङ्गले अघि बढेको भन्दै लिङ्देनको कार्यशैलीप्रति खरो असन्तुष्टि जनाएका थिए । अध्यक्ष लिङ्देनको बोली एउटा ब्यवहार अर्को भएको भन्दै देशभरका अधिकांश कार्यकर्ताहरु निरास रहेको बताईन्छ ।





















प्रतिक्रिया