काठमाडौं । ललिता निवास जग्गा प्रकरण छानबिन भइरहेको समयमा काठमाडौं महानगरपालिका उक्त क्षेत्रमा जाने भएको छ ।
काठमाडौं महानगरपालिका मेयर बालेन शाहको निर्देशनमा महानगरीय प्रहरी बलको टोली आज ललिता निवासमा घेराबार गर्न जान लागेको हो ।
महानगरको नगर प्रहरी बलको टोली ललिता निवासअन्तर्गतको खाली रहेको सार्वजनिक जग्गा संरक्षण गर्न घेराबार गर्नको लागि आज २:३० बजे ललिता निवास जान लागेको नगर प्रहरी बलका प्रमुख राजु पाण्डेले जानकारी दिए ।
ललिता निवासको १ सय ४३ रोपनी जग्गा हिनामिना भएको प्रहरीको निष्कर्ष छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भने १ सय ३६ रोपनी जग्गा अतिक्रमण भएको दाबी गर्दै विशेष अदालतमा मुद्दा दायर गरिसकेको छ ।
ललिता निवास जग्गा प्रकरणमा भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ, सुधीरकुमार शाह, धर्मप्रसाद गौतम, कलाधर देउजा, गोापल कार्की, सुरेन्द्र कपाली र भुपेन्द्रमान श्रेष्ठ पक्राउ गरेको थियो । उनीहरुमाथि आवश्यक अनुसन्धान जारी रहेको छ ।




















प्रतिक्रिया