Logo

प्रमुख समाचार

ललिता निवास प्रकरणमा थप ३ जना पक्राउ



काठमाडौं । ललिता निवास जग्गा प्रकरणमा थप ३ जना पक्राउ परेका छन् ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले तत्कालीन वडा सचिव शिवजी भट्टराई, नापी सर्वेक्षक घमनकुमार कार्की र मोही बाबुराम महर्जनलाई पक्राउ गरेको हो । पक्राउ परेका महर्जन नक्कली मोही हुन् भने भट्टराई काठमाडौं महानगरका अधिकृत हुन्। त्यस्तै कार्की पनि मालपोत कार्यालयका कर्मचारी हुन्। भट्टराई २०६० सालमा कमनापा–४ का वडासचिव थिए। कार्की २०६७ सालमा नापी कार्यालयका कर्मचारी थिए।

यो मुद्दामा भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ, पूर्व निर्वाचन आयुक्त सुधिर शाहसहित ५ जना प्रहरी हिरासतमा छन् ।

सीआईबीले ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा सार्ने अनियमितता प्रकरणमा सरकारी कागजात किर्ते मुद्दामा उनीहरुमाथि अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : १७ असार २०८०, आईतवार १९:२२   :  बजे

330
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।