Logo

प्रमुख समाचार

आफ्नाे सरकारले गरेका राम्रा कामको सन्देश जनतामा पुर्‍याउने कांग्रेसकाे निर्णय



काठमाडौं । नेपाली कांग्रेस सूचना, संचार तथा प्रचार विभागले आफ्नो पार्टीको सरकारले आजसम्म गरेका राम्रा कामको सन्देश जनसमक्ष पुर्‍याउने निर्णय गरेको छ । विभाग प्रमुख मीनबहादुर विश्वकर्माको अध्यक्षतामा केन्द्रीय कार्यालय सानेपामा आज (सोमबार) बसेको बैठकले पार्टीको नीति र नेतृत्वको सार्वजनिक स्थलमा विरोधका अभिव्यक्तिहरु नगर्न पार्टी संगठनका सबै तहका पदाधिकारी, सदस्यहरुलाई अनुरोध गर्ने निर्णय पनि गरेको छ ।

बैठकले विभागको दैनिक गतिविधिलाई गतिशिलताका साथ प्रभावकारी रुपमा संचालन गर्न पदाधिकारी सहितको सचिवालय गठन गर्ने र विभागको कार्यालय नेपाली कांग्रेसको केन्द्रीय कार्यालय भवन, सानेपामा राख्ने, विभागका सदस्यहरुको विशिष्ट ज्ञान, क्षमता अनुसार कार्यविभाजन गर्ने उद्देश्यले व्यक्तिगत विवरण संकलन गर्ने, विभागको आफ्नै वेभसाईट र आधिकारिक समाजिक संजाल सञ्चालन गर्ने र हाल संचालित पार्टीको नाम, झण्डा र चुनाव चिन्ह राखी खोलिएका विभिन्न सामाजिक संजाल र अन्य पेजहरुलाई यस विभागमा आजका मितिले एक महिनाभित्र सम्पर्क गर्न आव्हान गर्ने र तत्पश्चात पनि सम्पर्कमा नआउनेलाई अनाधिकृत घोषित गरी कानुनी दायरामा ल्याउने निर्णय गरेको छ ।

यसैगररी विभागको कामलाई प्रभावकारी बनाउन निर्देशिका मस्यौदा समिति र कार्ययोजना तर्जुमा समिति गठन गरेको छ । दिपकप्रसाद कुईकेलको संयोजकत्वमा गठित निर्देश समिति सदस्यहरुमा गोविन्द परियार, गणेश के।सी।, लिला खनाल, अनुषा नेपाल, राजबहादुर गुरुङ्ग र निमग हुमागाई रहेका छन् । कार्ययोजना तर्जुमा समितिमा समितिका संयोजक गोपालकुमार झा र सदस्यहरु तिलक राई, उमिद वागचन, हुकुम वुढा, विष्णु तिम्सीना, राघव गौतम र रम्भा मिश्र रहेका छन् ।

यी समितिले हरेक १५ दिनभित्र आफ्नो प्रतिवेदन विभाग प्रमुखलाई बुझाउ भनिएको छ ।

प्रकाशित मिति : १८ असार २०८०, सोमबार १८:२९   :  बजे

42
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।