काठमाडौं । सत्ता गठबन्धनले समर्थन फिर्ता लिने तयारीमा रहेको जनमत पार्टीलाई पुनः सरकारमा सहभागी गराउने निर्णय गरेको छ। सोमबार प्रधाानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले बजेटमा असन्तुष्टि जनाएर सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारीमा रहेको जनमतलाई सरकारमा सहभागी गराउने निर्णय गरेको हो ।
बैठकमा सहभागी एक नेताका अनुसार बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जनमतका अध्यक्ष सीके राउतसँग आइतबार भएको भेटबारे ब्रिफिङ गरेका थिए । बैठकले अब जनमतलाई सरकारमा सहभागी गराउने विषयमा व्यवस्थापनको जिम्मा प्रधानमन्त्री प्रचण्डलाई नै दिएको र प्रधानमन्त्रीले कुन मन्त्रालय दिने भन्ने निर्णय गर्ने बताइएको छ ।




















प्रतिक्रिया