Logo

राजनीति

जिल्ला सभापतिहरुको भेलाको एजेन्डा तय गर्न कांग्रेस पदाधिकारीको बैठक बस्दै



काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी बैठक बस्दै छ । सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा आज मध्यान्ह ‘बिग फाइभ’ पदाधिकारीको बैठक बस्न लागेको हो ।

सभापति शेरबहादुर देउवा, उपसभापतिद्वय पूर्णबहादुर खड्का र धनराज गुरुङ र महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगन थापा सहभागी हुने बैठकले जिल्ला सभापतिहरुको भेलाको एजेन्डा तय गर्ने बताइएको छ ।

कांग्रेसले भोलि (बिहीबार) जिल्ला सभापतिहरुको भेला बोलाएको छ । बैंठकले उक्त भेलाको एजेन्डा तय गर्ने कांग्रेसका कार्यवाहक मुख्यसचिव प्रदीप पराजुलीले जानकारी दिए । उनका अनुसार पार्टीको सांगठनिक काम कारबाही, क्रियाशील सदस्यता, नयाँ सदस्यता र जिल्लाको वर्तमान वस्तुस्थितिबारे सभापतिहरुसँग छलफल गर्न लागिएको हो ।

प्रकाशित मिति : २० असार २०८०, बुधबार ११:५९   :  बजे

60
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।