विराटनगर । काेशी प्रदेशमा सरकार गठनका लागि सभामुखलाई पनि संसदका रुपमा गन्ती नगर्न एमाले प्रदेश प्रमुखको ध्यानाकर्षण गराएको छ । सभामुख बाबुराम गौतमलाई समेत गनेर गठबन्धनले सरकारको दाबी गर्न लाग्दा एमालेले प्रदेश प्रमुख परशुराम खापुङलाई भेटेर सभामुख गन्न नमिल्ने भन्दै ध्यानाकर्षण गराएको हो ।
सभामुख गौतम हाल कुनै पनि दलको सदस्य नभएको र सरकार गठनमा गणना गरिए कानून, संसदीय मूल्य मान्यता र अन्तर्राष्ट्रिय सिद्धान्तविपरीत हुने भन्दै एमालेको ठहर छ । गठबन्धनले सभामुख गौतमलाई माओवादी केन्द्रको सांसद नै गनेर ४७ सांसदको हस्ताक्षरसहित सरकारको दाबी गर्दैछ ।





















प्रतिक्रिया