Logo

राजनीति

प्रधानमन्त्री प्रचण्डले बोलाए मन्त्रिपरिषद्को आकस्मिक बैठक



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएका छन् । बिहीबार अपराह्न सिंहदरबारमा बैठक बस्न लागेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

मन्त्रिपरिषद् बैठकमा सार्वजनिक खरिद ऐन संशोधन गर्ने लगायतका विषयमा छलफल हुने जनाइएको छ । ठेक्केदारहरुलाई भुक्तानी गर्न बिलम्व र कानुनी कठिनाइ रहेकोले उक्त विषयलाई सम्बोधन गर्न खरिद ऐन संशोधन गर्न लागेको हो।

यस्तै, मिटर ब्याजसम्बन्धीको विधेयकमा पनि छलफल हुने बताइएको छ। समयमै संसद्‌बाट पारित हुने नसके पछि उक्त विधेयक हिजोबाट निष्क्रिय भएर गएको छ।

प्रकाशित मिति : २१ असार २०८०, बिहीबार १७:०३   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।