Logo

प्रमुख समाचार

आजसम्मको परम्परा हेरेर मुख्यमन्त्रीकाे दाबी पेशमा हस्ताक्षर गरेको हुँ : सभामुख बाबुराम गौतम



काठमाडौं । कोशी प्रदेशकाे मुख्यमन्त्रीमा नेपाली कांग्रेसका उद्धव थापाले दाबी पेश गर्दा सभामुख बाबुराम गौतमको पनि हस्ताक्षर समावेश गरेपछि चाैतर्फी आलोचना भइरहेकाे छ । ९३ सदस्यीय प्रदेशसभामा सरकार गठनका लागि दाबी पेश गर्न ४७ सांसद आवश्यक परेपनि गठबन्धनसँग ४६ मात्र भएपछि सभामुख गौतमले पनि हस्ताक्ष गरेका हुन् ।

‘सभामुख पदमा बहाल रहेको व्यक्तिले सरकार गठनका लागि किन हस्ताक्षर गर्नुभयो ?’ भन्ने प्रश्नमा गाैतमले विगतका अभ्यास हेरेर आफूले सोही अनुसार गरेको जवाफ दिए । उनले अनलाइनपानासँग भने, ‘अन्य प्रदेशहरुमा आजसम्मको परम्परा हेर्दा सभामुखको पनि नाम जाने गरेको रहेछ । केन्द्रमै पनि राष्ट्रपतिकहाँ गएको लिस्टहरु सबैमा सभामुखको नाम जाने गरेको रहेछ । त्यही आधारमा मैले पनि पठाइदिएको हो ।’

प्रकाशित मिति : २१ असार २०८०, बिहीबार १७:४९   :  बजे

120
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।