Logo

राजनीति

समाजवादी मोर्चा नेपालको पहिलो बैठक आज, के-के छन् एजेन्डा ?



काठमाडौं । समाजवादी मोर्चा नेपालको पहिलो बैठक आज (शनिबार) बस्दै छ । नेकपा एकीकृत समाजवादीको केन्द्रीय कार्यालय, अलोकनगरमा अपराह्न ४ बजे बस्ने बैठकले मुलुकमा विकासित राजनीतिक घटनाक्रममा मोर्चाले निर्वाह गर्नुपर्ने भूमिका, सरकारले जनजीविका लागि गर्नुपर्ने कार्ययोजना र मोर्चालाई थप सशक्त बनाउने विषयमा छलफल हुने बताइएको छ ।

मोर्चामा आबद्ध चार दलका अध्यक्ष सहभागी हुने सो बैठकमा मोर्चाको आलोपालो नेतृत्व एवं आगामी दिनमा गर्ने कार्ययोजनाबारे छलफल हुने एकीकृत समाजवादीका नेता उपमहासचिव जगन्नाथ खतिवडाले जानकारी दिए ।

माओवादी केन्द्र, जनता समाजवादी पार्टी, एकीकृत समाजवादी र विप्लव नेतृत्वको नेकपा शीर्ष नेताको अगुवाईमा यही असार ४ गते मोर्चा घोषणा गरिएको थियो ।

प्रकाशित मिति : २३ असार २०८०, शनिबार ११:०८   :  बजे

24
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।