Logo

राजनीति

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष श्रेष्ठ चीन प्रस्थान



काठमाडौं । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठ चीन प्रस्थान गरेका छन् । चीनको बेइजिङमा हुने पहिलो उच्च स्तरीय ग्लोबल फर सेयर डेभलपमेन्ट फोरममा सहभागी हुन उनी चीन गएका हुन् ।

उक्त फोरममा विभिन्न २० देशका मन्त्री स्तरीय प्रतिनिधिहरु सहभागी हुँदैछन् । नेपालको प्रतिनिधित्व गर्दै उपाध्यक्ष श्रेष्ठले उक्त फोरममा सम्बोधन गर्ने कार्यक्रम छ । आइतबार बेइजिङ फ्रेण्डसीप होटलमा चिनियाँ विकास (सीआईडीसीए) उपमन्त्री डेफ् वोइङ र उपाध्यक्षबीच भेटघाट हुनेछ ।

सोमबार उपाध्यक्षले फोरमको औपचारिक समारोहमा सहभागी हुने तथा सम्बोधन गर्ने कार्यक्रम छ । मंगलबार भने उपाध्यक्ष श्रेष्ठ र चिनियाँ उपराष्ट्रपति हान चेफ्सँग औपचारिक भेटघाटको हुने छ । सोही दिन उपाध्यक्ष श्रेष्ठ स्वदेश र्फकनेछन् ।

प्रकाशित मिति : २३ असार २०८०, शनिबार १३:२४   :  बजे

39
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।