काठमाडौं । नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डेले एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको राजीनामा माग्नु गलत रहेको बताएका छन् । प्रधानमन्त्रीलाई संसदमा स्पष्टीकरणको मौकासमेत नदिई एमालेले राजीनामा माग गर्नु गलत भएको बताएका हुन् ।
शनिबार समाजवादी मोर्चाको बैठकपछि सञ्चारकर्मीहरुसँग उपाध्यक्ष पाण्डे भने, ‘संसदमा उहाँहरुले कुरा उठाउन सक्नुहुन्थ्यो । के बोलेको हो तपाईले भनेर प्रधानमन्त्रीसँग क्लियरिफिकेसन माग्न सकिन्थ्यो । तर उहाँहरुले पहिल्यै राजीनामा माग्नुभयो । यो गलत काम हो ।’
प्रधानमन्त्री प्रचण्डले एक सार्वजनिक कार्यक्रममा आफूलाई प्रधानमन्त्री बनाउन भारतीय नागरिक प्रितम सिंह दिल्ली धाएको भन्ने भभिव्यक्ति दिएपछि एमालेलगायतका प्रतिपक्षी दलहरुले प्रधानमन्त्रीको राजीनामा माग गर्दै आएका छन् ।




















प्रतिक्रिया