Logo

राजनीति

सिंहदरबारबाट सभामुखलाई प्रधानमन्त्रीकाे फाेन : प्रतिनिधिसभा बैठक दुई घण्टा पछि सारियो



काठमाडौं । प्रतिनिधिसभा बैठक दुई घण्टा पछि सारिएको छ । दिउँसो १ बजेतका लागि तय बैठक प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अनुरोधमा दिउँसो ३ बजेका लागि सारिएको हो ।

प्रधानमन्त्रीको अभिव्यक्तिलाई लिएर एमालेले संसदमा गर्दै आएको अवरोध खुलाउने विषयमा अहिले प्रधानमन्त्री प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच सिंहदरबारमा छलफल भइरहेको छ । शीर्ष नेताहरुबीच छलफल चलिरहेकै बेला प्रधानमन्त्री प्रचण्डले सभामुख देवराज घिमिरेलाई फोन गर्दै बैठक दुई घण्टा पर सार्न आग्रह गरेका हुन् ।

प्रचण्डले आफूलाई प्रधानमन्त्री बनाउन व्यवसायी प्रितम सिंहले पटक–पटक दिल्ली धाएको भनेर असार १८ गते दिएको अभिव्यक्ति राष्ट्रहीत विपरीत रहेको भन्दै एमालेले प्रधानमन्त्रीको राजीनामा माग गर्दै आएको छ । एमालेकै अवराेधपछि राष्ट्रियसभा बैठक साेमबार बस्ने गरी स्थगित भइसकेकाे छ ।

प्रकाशित मिति : २४ असार २०८०, आईतवार १३:१४   :  बजे

36
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।