Logo

प्रमुख समाचार

बालेनलाई ढाडस दिदै हर्क साम्पाङले भने- नडराउनुहोस्, साथमा म छु



काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहलाई धरान महानगरपालिकाका मेयर हर्क साम्पाङले ढाडस दिएका छन् ।

आदिपुरुष चलचित्रमा प्रतिबन्ध लगाएपछि चलेको मुद्धामा तारिख बोकिरहेका मेयर शाहलाई धरानका मेयरले ढाडस दिएका हुन ।

अदालतले आफूलाई अपराधी बनाएको भन्दै शाहले उनले आइतवार साँझ सामाजिक सञ्जालमा साम्पाङले ‘नडराउनु’ भन्दै साथ दिने प्रतिबद्धता जनाएका हुन् ।

काठमाडौंका मेयर शाहले आइतवार अदालतको तारिख पर्चा साँझ लेखेका थिए,

‘आज एउटा विशेष दिन,

आजबाट म तारिखमा छु,

भारतको सांस्कृतिक हस्तक्षेपको विरोध गर्दा, र आजै ,

प्रधानमन्त्रीज्युले छूट पाउनु भयो, भारतले यो देशको प्रधानमन्त्री बनाउछ भन्दा ।

म आजबाट अपराधी ।’

त्यसको जवाफमा धरानका मेयर साम्पाहाङले जवाफ दिदैँ लेखे,

‘नडराउनुस् नबिराउनुस्
हजुरको साथमा म छु, हामी छौं ।’

प्रकाशित मिति : २५ असार २०८०, सोमबार ०८:१६   :  बजे

348
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।