Logo

प्रमुख समाचार

राष्ट्रियसभाको बैठक भोलिसम्मका लागि स्थगित



काठमाडौं । सोमबार बिहान ११ बजे बस्ने तय भएको राष्ट्रियसभा बैठक स्थगित भएको छ । संघीय संसद भवन, नयाँ वानेश्वरमा बस्न लागेको उक्त बैठक भोलि मंगलवार बिहान ११ः०० बजेसम्मका लागि स्थगित भएका हो ।

विशेष कारणवश बैठक स्थगित भएको जनाइएको छ ।

केही समयदेखि प्रमुख प्रतिपक्षी नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको राजीनामा माग गर्दै राष्ट्रियसभा र प्रतिनिधिसभामा अवरोध गरिरहेको छ ।

प्रतिनिधिसभा र राष्ट्रियसभाको अवरोध हटाउन प्रधानमन्त्री दाहालले प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीसँग पनि छलफल गरेका थिए ।

प्रकाशित मिति : २५ असार २०८०, सोमबार १०:४१   :  बजे

21
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।