Logo

राजनीति

जवाफ दिन रोष्ट्रममा उभिएका प्रधानमन्त्रीले सोधे प्रश्नैप्रश्न



काठमाडौं । आफ्नो विवादित अभिव्यक्तिबारे स्पष्टीकरण दिन संसदको रोष्ट्रममा उभिएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उल्टै प्रश्नैप्रश्न तेर्स्याएका छन् । सोमबारको प्रतिनिधिसभा उनले आफूलाई प्रधानमन्त्री बनाउने नेकपा एमालेले नै अचम्मित पार्ने अनौठो प्रश्न उठाएको बताए ।

‘जसले मलाई प्रधानमन्त्रीमा बनाउन लिखित रुपमा राष्ट्रपतिलाई सिफारिस गर्यो त्यही दलका साथीहरुले प्रधानमन्त्री कसले बनायनो भन्ने प्रश्न उठाउँदा तरंगित र अचम्मित भएँ । राष्ट्रपतिलाई आफैले खेलेको पत्रको अवहेलना हुने गरी यो पश्न कसरी उठाइयो भन्ने प्रश्न आफैभित्र उठेको छ’, प्रश्नको गर्दै उनले भने, ‘अहिले यही सदनमा प्रधानमन्त्री कसरी भएँ भनेर प्रश्न कसरी उठ्यो ?’

आफूमाथि उठाइएको प्रश्नको घेरामा प्रतिपक्षी दलसहित सिंगो सदन पनि परेको प्रधानमन्त्री प्रचण्डले बताए । ‘यो प्रश्न आउँदै गर्दा यो प्रश्नको घेरामा म मात्रै छु कि सबै राजनीतिक दल र सिंगो सदन पनि छ भन्ने प्रश्न म भित्र छ’, उनले भने, ‘प्रशन उठाउने अन्य दल र सदस्य पनि कुनै न कुनै रुपमा यो प्रश्नको घेरामा हुनुहुन्छ । त्यसबेला मेरो भाषा मिलेन होला तर सिंगो संसदका विश्वासनीयतामाथि नै प्रश्न उठाउन मिल्ला त ? यो प्रश्नको जवाफ त आज म छु प्रधानमन्त्री भोलि अरु पनि दिनुपर्ला ।’

सरकारले सिंगो देश निराशाबाट विस्तारै आशामा लान खोजिरहेको समयमा आफूमाथि र सरकारमाथि प्रश्न उठाइको भन्दै असन्तुष्टी जनाए । ‘यस्तो समयमा प्रश्न उठ्यो कि सिंगो देश निराशाबाट विस्तारै आशामा जान खोज्दैछ । यो बेला उठाएको बेला यो प्रश्न उठाइँदाको औचित्य के हुने हो भन्ने प्रश्न म मा छ’, उनले भने ।

प्रधानमन्त्री प्रचण्डले आफूलाई स्पष्टीकरणको एक मौका पनि नदिई राजीनामा माग्दै सदन अवरोध गर्न संसदीय अभ्यासमा कति ठिक हो भन्दै प्रश्न गरेका छन् ।

प्रकाशित मिति : २५ असार २०८०, सोमबार १७:२१   :  बजे

36
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।