Logo

राजनीति

नागरिकता लिन समस्या भएकाे भन्दै नियमावली सच्याउन कानुन मन्त्रालयकाे ध्यानाकर्षण



काठमाडौं । नागरिकता सम्बन्धी कानुन कार्यान्वयन भएपनि नागरिकता लिन विभिन्न समस्या देखा परेको भन्दै नियमावली संशोधन गर्न कानुन मन्त्रालयको ध्यानाकर्षण गराइएको छ ।

नागरिकताविहीन संघर्ष समितिले नेपालले बिहीबार कानुनमन्त्री धनराज गुरुङलाई यी समस्या समाधान हुने गरी नियमावली संशोधन गरेर प्रकाशन गर्न माग गर्दै ध्यानाकर्षणपत्र बुझाएको हो ।

केही समयअघि राष्ट्रपति रामचन्द्र पौडेलद्वारा प्रमाणीकरण भएपछि कार्यान्वयनमा आएका विधेयकमा आमाको नामबाट र पितृत्व र मातृत्वको ठेगाना नभएकालाई पनि नागरिकता दिने भनिएको भएपनि त्यसमा विभिन्न समस्याहरु आएको ध्यानाकर्षणत्रमा उल्लेख छ ।

यसतै जन्मसिद्ध नागरिकता भएको बुवा, आमाको नागरिकता भएर पनि जग्गाको लालपूर्जा, बिजुलीको बिल, खानेपानीको बिल र हजुर बुवा–आमाको नागरिकता नदिइएको भन्दै सच्याउन माग गरिएको छ ।

ध्यानाकर्षणपत्र:–

प्रकाशित मिति : २८ असार २०८०, बिहीबार १८:२८   :  बजे

87
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।