काठमाडौं । लुम्बिनी प्रदेशका पूर्व भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विजयबहादुर यादवलाई प्रहरीले पक्राउ गरेको छ ।
बैंकिङ कसुर गरेको आरोपमा यादवलाई नियन्त्रणमा लिइएको जानकारी जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख भरतबहादुर विकले दिए ।
माघ १० मा रुपन्देहीको सियारी गाउँपालिका-१ का उमाशंकर यादवका नाममा दिएको १२ लाख २८ हजार रुपैयाँको बैंक अफ काठमाडौंको चेक बाउन्स भएपछि एमाले नेतासमेत रहेका यादवमाथि मुद्दा दर्ता भएको थियो ।
मुद्दा दर्तापछि यादवविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो । एसपी विकका अनुसार बाँकेको डुडुवा गाउँपालिका होलियाबाट पक्राउ परेका यादवलाई रुपन्देही ल्याइँदै छ ।




















प्रतिक्रिया