Logo

प्रमुख समाचार

निसानामा गगन-विश्व



काठमाडाैं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाविरुद्ध आक्रामक देखिएका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा जारी केन्द्रीय समितिको बैठकमा सदस्यहरूको निसानामा परेका छन्।

एक वर्षपछि मंगलबारबाट सुरु भएको केन्द्रीय समिति बैठकमा महामन्त्रीद्वय सदस्यहरूको आलोचनाको केन्द्रमा परेका हुन्।

संगठन निर्माणभन्दा सभापति देउवाको आलोचनामै महामन्त्रीद्वयले समय बिताएको आरोप सदस्यहरूको छ। उनीहरूले पार्टीलाई विधि, विधानअनुसार सञ्चालन गर्नुभन्दा पनि महामन्त्रीहरू सभापतिको आलोचना, गुटगत बैठक, मिडिया र सामाजिक सञ्जालमा रमाएको आरोप लगाएका छन्। महामन्त्रीद्वयमाथि पार्टी संगठनको कामभन्दा मिडियाकेन्द्रित भएर आत्मरतिमा रमाइरहेको आरोप लगाउँदै बिहीबारको बैठकमा केन्द्रीय सदस्य रमेश रिजालले भने, ‘उहाँहरू आत्मकेन्द्रित प्रचारमा रमाएर बस्नुभयो, आफ्नो भूमिकालाई गौण बनाउनुभयो।’

१४औं महाधिवेशनबाट परिपक्व र युवालाई पदाधिकारीमा जिताएर नेता तथा कार्यकर्ताले संगठनलाई नयाँ ढंगबाट सञ्चालन गर्नुपर्ने अभिमत प्रकट गरेका थिए। कार्यकर्ताको अभिमतविपरीत महामन्त्रीहरू ‘आफू र आफ्ना’ को पक्षपोषणमा लागेको आरोप बैठकमा सदस्यहरूले लगाए। केन्द्रीय सदस्य केशव बुढाथोकीले पार्टीमा पुरानै गुटको रोग मौलाएको गुनासो गरे। महामन्त्रीहरू नै गुट भेलामा सक्रिय रहेको आरोप लगाउँदै उनले भने, ‘महामन्त्रीहरू गुट भेलामा जानु भएन। यस्तै गतिविधि गर्ने हो भने हामी दुवै महामन्त्रीलाई बहिष्कार गर्छौं। महामन्त्रीहरूको भूमिका चित्तबुझ्दो हुँदै भएन।’ यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ।

प्रकाशित मिति : ५ श्रावण २०८०, शुक्रबार ०८:३४   :  बजे

93
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।