Logo

राजनीति

महामन्त्रीको प्रतिवेदन एनजीओको ‘विसलिस्ट’ जस्तो लाग्यो : आरजु राणा



काठमाडौं । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य आरजु राणाले महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले पेश गरेको प्रतिवेदन एनजीओको ‘विसलिष्ट’ जस्तो रहेको टिप्पणी गरेकी छन् ।

केन्द्रीय समितिको चौथो दिनको बैठकमा पहिलो वक्ताका रुपमा बोलेकी सभापति शेरबहादुर देउवा पत्नी आरजुले भनिन्, ‘राजनीतिक दस्तावेज भन्दा पनि एनजीओको ‘विसलिष्ट’ जस्तो लाग्यो । धेरै कार्यक्रम भए, यिनीहरुको उपलब्धी के हो त ? क्लियर भएन ।’

उनले पार्टीले क्रियाशील सदस्य हुनुभन्दा अगावै पार्टीको विचार नीति र सिद्धान्तका विषयमा सदस्यहरूलाई प्रशिक्षित गर्नुपर्ने प्रस्ताव गरिन् । ‘अहिले कुन दलले के गरे भनेर त्यसको पछि लाग्नु भएन । हाम्रो आफ्नै पहिचान छ, हामीले सदस्यता दिने कुरालाई व्यवस्थित गर्नुपर्छ, तर थप लथालिंग हुन दिनुभएन,’ उनले भनिन् ।

नेपाली कांग्रेस एजेण्डा सेट गर्ने पार्टी भएकोले त्यस अनुुसारको प्रतिवेदन आउनुपर्ने उनको धारणा थियो । ‘राजनीति कस्तो हुने, यहाँको अर्थतन्त्र कस्तो हुने? समाज कस्तो हुने भन्ने एजेण्डा सेटिङ जहिले पनि नेपाली कांग्रेसले गरेको छ,’ बैठकमा राणाले भनिन् ।

प्रकाशित मिति : ५ श्रावण २०८०, शुक्रबार १२:२१   :  बजे

36
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।