Logo

इन्स्योरेन्स

आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स र माया मेट्रो अस्पतालबीच छुट सम्झौता



काठमाडाैं । आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स र धनगढीको माया मेट्रो हस्पिटलबीच सेवा प्रदान गर्ने सम्झौता भएको छ ।

सम्झौतापत्रमा आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सका सुदूरपश्चिम प्रदेश प्रमुख सञ्जीव जोशी र माया मेट्रो हस्पिटका अध्यक्ष धीरेन्द्र सावदले हस्ताक्षर गरेका छ्न् ।

सम्झौतापश्चात आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सका कर्मचारी, सेयरधनी तथा ग्राहकलाई माया मेट्रो हस्पिलमा प्राप्त हुने सेवाहरु जस्तैः एक्स–रे, यूएसजी, इकोलगायतका सेवाहरुमा १०% सम्मको आकर्षक छुट प्राप्त हुने हुनाले आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडका सम्पूर्ण कर्मचारी, लगानीकर्ता तथा ग्राहकमहानुभावहरुले आवश्यकता अनुसारका सेवा प्राप्त गर्न सक्ने संस्थाले जनाएको छ।

सोही अवसरमा आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सका सुदूरपश्चिम प्रदेश प्रमुख जोशीले माया मेट्रो हस्पिटलसँग आबद्ध लगानीकर्ता, कर्मचारी तथा ग्राहकलाई आवश्यक पर्ने निर्जीवन बीमासम्बन्धी सम्पूर्ण सेवाहरु आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडबाट सहज रुपमा प्राप्त गर्न सक्ने जानकारी गराए ।

प्रकाशित मिति : ७ श्रावण २०८०, आईतवार १६:४४   :  बजे

39
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।