Logo

अर्थ

पुँजी पुर्याउन नसकेका नेपाल इन्स्योरेन्स र प्रभु इन्स्योरेन्सबारे विशेष निर्णय गर्दै बीमा प्राधिकरण



काठमाडौँ । नेपाल बीमा प्राधिकरणले पुँजी पुर्याउन नसकेका नेपाल इन्स्योरेन्स र प्रभु इन्स्योरेन्सबारे बारे विशेष निर्णय गर्ने भएको छ ।  तोकिएको समयमा पुँजी पुर्याउन नसकेका यी दुई कम्पनीका विषयमा प्राधिकरणले विशेष निर्णय गर्न लागेको हो ।

बीमा प्राधिकरणले २०८० असार मसान्तसम्म जीवन बीमा कम्पनीलाई ५ अर्ब चुक्ता पुँजी र निर्जीवन बीमा कम्पनीलाई २ अर्ब ५० करोड चुक्ता पुँजी पुर्याउन निर्देशन दिएको थियो। प्राधिकरणका अनुसार मर्जर प्रक्रियामा नगएका नेपाल इन्स्योरेन्स र प्रभु इन्स्योरेन्सको हकमा के गर्ने भन्नेबारे छलफल जारी रहेको र एक साता भित्र नै यी दुई कम्पनीबारे  विशेष निर्णय हुने छ ।

प्रभु इन्स्योरेन्सले अजोड इन्स्योरेन्ससँग मर्जरको सम्झौता गरेपछि पछि सम्झौता तोडिएको थियो । नेपाल इन्स्योरेन्सले भने कुनै पनि कम्पनीसँग मर्जरको लागि सम्झौता गरेको छैन । पुँजी नपुगेका अन्य कम्पनीलाई भने आवश्यकता अनुसार हकप्रदको अनुमति दिने प्राधिकरणको तयारी छ । प्राधिकरणले मर्जर प्रक्रिया गएर पनि पुँजी नपुगेका कम्पनीलाई हकप्रद मार्फत पुँजी जुटाउने बाटो खोलिदिने भएको हो । सोहि अनुसार कम्पनीले हकप्रद निष्काशनको लागि अनुमति प्रदान गर्न समेत थालिसकेको छ ।

 

 

 

प्रकाशित मिति : १८ श्रावण २०८०, बिहीबार १३:१५   :  बजे

33
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।