Logo

अर्थ

नेसनल लाइफको एनुअल बिजनेस लिडर्स कन्क्लेभमा उत्कृष्ट व्यवसाय गर्ने शाखाहरु सम्मानित



काठमाडौं । ‘सिफ्टिङ द पाराडाइम २०८०–८१’ नाराका साथ नेसनल लाइफ इन्स्योरेन्स कम्पनीले चारदिने वार्षिक सम्मेलन ‘एनुअल बिजनेस लिडर्स कन्क्लेभ’ सकिएको छ ।

पोखराको होटेल बाराहीमा सम्पन्न कार्यक्रममा गत आर्थिक वर्ष २०७९–८० मा उत्कृष्ट व्यवसाय गर्ने शाखाहरुलाई सम्मान तथा पुरस्कृत गर्दै कम्पनीको व्यवसायसँग सम्बन्धित वर्तमान पाटोबारे विवेचना गरिएको थियो । कार्यक्रम आगामी वर्षका लागि स्पष्ट खाका कोर्ने उद्देश्यले कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुरेशप्रसाद खत्रीको सभापतित्वमा आयोजना गरिएको थियो ।

साउन २१ गतेसम्म चलेको सम्मेलनमा विभागीय प्रमुख तथा देशैभरिबाट प्रदेश प्रमुख, शाखा प्रमुख र मार्केटिङ कर्मचारी गरी १५० जनाभन्दा बढीको सहभागिता थियो ।

सम्मेलनको उद्घाटन गर्दै प्रमुख कार्यकारी अधिकृत खत्रीले जीवन बीमा व्यवसाय दिनप्रतिदिन प्रतिस्पर्धात्मक र जटिल हुँदै गइरहेको परिप्रेक्षमा आफ्नो कार्यदक्षता र मेहनतका साथ व्यवसाय वृद्धि गर्नुपर्ने दायित्व कम्पनी माथि आएको बताए। यस सम्बन्धमा आपसी समन्वय गरी तोकिएको व्यावसायिक लक्ष्य पूरा गर्दै कम्पनीलाई बीमा बजारमा अग्र स्थानमा पुर्याउन आवश्यक रणनीति र कार्यक्रम तय गर्नेबारे सम्मेलनमा विचार विमर्श भएको थियो ।

सम्मेलनमा सहभागी कर्मचारीलाई नियमनकारी निकाय नेपाल बीमा प्राधिकरणका उपनिर्देशक हृदयेश्वर पण्डितले सम्पत्ति शुद्धीकरण तथा आंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धमा प्रशिक्षण प्रदान गरेका थिए ।

सम्मेलनमा नेपालका चर्चित मनोक्रान्तिका संस्थापक डा. योगी विकासानन्दले सहभागी कर्मचारीलाई तनावमुक्त भई कार्य गरेमा आफ्नो कार्य दक्षतामा वृद्धि हुने भएकोले आफ्नो मनमस्तिष्कलाई सन्तुलन राखी सोबाट प्राप्त हुने सकारात्मक ऊर्जाले तनाव व्यवस्थापन गर्न सकिने विषयमा प्रशिक्षण प्रदान गरेका थिए ।

अगत आर्थिक वर्ष २०७९–८० मा शाखा सञ्चालनका विभिन्न आयाममा उत्कृष्ट कार्य गर्ने ५ शाखा कार्यालय तथा उत्कृष्ट व्यवसाय गर्ने शाखा कार्यालयहरु र विभिन्न विधामा उत्कृष्ट रहेका शाखा कार्यालयलाई प्रमुख कार्यकारी अधिकृत खत्रीले सम्मान तथा पुरस्कार प्रदान गरेका थिए ।

प्रकाशित मिति : २४ श्रावण २०८०, बुधबार ११:०४   :  बजे

21
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।