काठमाडौं । नेपाली कांग्रेसका सांसद चन्द्र भण्डारी अस्पताल भर्ना भएका छन् । आगलागीमा परेर उपचार गराइरहेका सांसद भण्डारी आज कीर्तिपुरस्थित बर्न अस्पतालमा भर्ना भएका हुन् ।
आफू अस्पताल भर्ना भएको उनले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् ।
सामाजिक सञ्जालमा उनले लेखेका छन्, ‘समय न हो निर्णायक, जुन कसैको हातमा छैन । कोसिस न हो, सबैलाई जस्तै जिजीविषाकाे चाहना मलाई पनि छ । इमान्दारिता र राष्ट्रभक्तिको भारी बोकेर ढल्दै छ मेरो शरीर उपचार शय्यामा केही समयमा ।’
उनको स्वास्थ्य अवस्था सामान्य रहेको र नियमित उपचारका लागि अस्पताल भर्ना भएको बताइएको छ ।




















प्रतिक्रिया