Logo

राजनीति

एमालेले बनायो सार्वजनिक कार्यक्रमबारे ५ बुँदे मापदण्ड



काठमाडौं । नेकपा एमालेले पार्टी र मातहतका सार्वजनिक कार्यक्रमलाई छरितो र व्यवस्थित बनाउन पाँच बुँदे मापदण्ड बनाएको छ ।

एमालेको यही साउन २९ गतेको सचिवालय बैठकले गरेको उक्त निर्णयबारे अन्तरपार्टी निर्देशन (सर्कुलर) जारी गरिने उपमहासचिव विष्णु रिमालले जानकारी दिए ।

यी हुन् ५ निर्णय :

१. कार्यक्रमको गरिमा र मर्यादालाई बढाउन पार्टी र जनसंगठनहरुले आयोजना गर्ने सार्वजनिक कार्यक्रममा पार्टी अध्यक्ष बाहेक अन्य फोटो प्रयोग नगर्ने ।

२. मञ्चको प्रयोग वक्ताले मात्र गर्ने ।

३. अतिथि र वक्ताहरुलाई दर्शक दीर्घामा नै मर्यादित ढङ्गले आसनको व्यवस्था मिलाउने ।

४. कार्यक्रममा तथा कार्यक्रम सुरु भएपछि आसन ग्रहणको उदघोषण गरिरहेन परम्परा अन्त्य गर्ने ।

५. कार्यक्रममा ब्याज, माला र खादाको अनावश्यक प्रयोग नगर्ने र कार्यक्रमलाई भडकिलो नबनाउने ।

प्रकाशित मिति : ३२ श्रावण २०८०, बिहीबार १३:२२   :  बजे

111
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।