Logo

प्रमुख समाचार

एमालेको बहिस्कारपछि कोरम नपुग्दा सार्वजनिक लेखा समितिको बैठक स्थगित



काठमाडौं । नेकपा एमालेको बहिस्कारपछि कोरम नपुग्दा सार्वजनिक लेखा समितिको बैठक स्थगित भएको छ । बैठक बिहीबार दिउँसो १ बजेका लागि बोलाइएको थियो । तर एमाले अनुपस्थित हुँदा समितिमा कोरम नपुगेको हो ।

बैठक सुरु हुनका लागि २६ सदस्यमध्ये १४ जना उपस्थित हुनैपर्छ । एमालेले समितिको यसअघिको बैठकमा नै सभापति चयन नभएसम्म बैठकमा नआउने जानकारी गराएको थियो । समितिको अध्यक्षता ज्येष्ठ सदस्य कांग्रेस सांसद अर्जुननरसिंह केसीले गरिरहेका छन् ।

एमाले सचिव तथा लेखा समिति सदस्य योगेश भट्टराईले सभापति चयन नभएसम्मका लागि बहिष्कार गर्ने घोषणा गरेका थिए । गत वेशाख १५ मा संसदीय समिति गठन भए पनि सभापति चयन हुन सकेको छैन ।

प्रतिनिधिसभा नियमावली २०७९ अनुसार सभामुखले समिति सभापति निर्वाचनको दिन तोक्नुपर्ने व्यवस्था छ । सभामुख घिमिरेले भने राजनीतिक दलहरूबीच सहमति नभएको भन्दै सभापति चयनको दिन तोकेका छैनन् ।

प्रकाशित मिति : ३२ श्रावण २०८०, बिहीबार १४:३३   :  बजे

33
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।