Logo

कोशी प्रदेश

कोशीका मुख्यमन्त्रीले लिएको विश्वासको मतबारे सर्वोच्चमा आज सुनुवाइ हुने



विराटनगर । कोशी प्रदेश सरकारका मुख्यमन्त्री उद्धव थापाले लिएको विश्वासको मत असंवैधानिक भएको भन्दै सर्वोच्च अदालतमा दायर रिटको आज सुनुवाइ हुँदैछ ।

थापाले गत भदौ ४ गते विश्वासको मत लिँदा सभाध्यक्ष गरेका काँग्रेस सांसद इस्राईल मन्सुरीलाई पनि विश्वासको मत दिन लगाएर बहुमत पुर्याएका थिए ।

त्यसविरूद्ध पूर्वमुख्यमन्त्री एवम् एमाले नेता हिक्मत कार्कीले मुद्दा दायर गरेका थिए । यसअघि भदौ ७ मा रिटमाथि अन्तरिम आदेश जारी गर्दै सरकारलाई कामचलाउ अवस्थामा रहन भनेको थियो ।

अदालतले उद्धव थापाले प्राप्त गरेको विश्वासको मत संविधानसम्मत नभएको भन्दै दीर्घकालीन तथा नीतिगत निर्णय नगर्न सर्वोच्चले आदेश दिएको थियो भने विपक्षीलाई १३ गतेसम्ममा लिखित जवाफ पेश गर्न भनेको थियो ।

प्रकाशित मिति : १५ भाद्र २०८०, शुक्रबार १०:२८   :  बजे

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।