Logo

अर्थ

सन नेपाल लाइफको आईपीओ बाँडफाँट, भाग्यशाली ७ लाख ६८ हजार आवेदकले हात पारे सेयर



काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्सको आईपीओ बाँडफाँट सम्पन्न भएको छ । सन नेपाल लाइफको आईपीओ आज (शुक्रबार) धितोपत्र बिक्री प्रबन्धक नेपाल एसबीआई मर्चेन्ट बैंकिङको कार्यालयमा बाँडफाँट गरिएको हो।

मागभन्दा बढी आवेदन परेका कारण यो आईपीओ पनि गोलाप्रथाबाट बाँडफाँट गरिएको छ। आइपीओमा कुल १४ लाख ६६ हजार ८ सय ६२ जनाले आवेदन दिएका थिए । जसमध्ये ६ हजार ८ सय १ जनाको आवेदन रद्द भएको छ । योग्य रहेका १४ लाख ६० हजार ६१ जना आवेदकलाई गोलाप्रथाबाट सेयर बाँडफाँट गरेको हो । यस अनुसार ७ लाख ६८ हजार जनाले १० कित्ताको दरले सेयर पाएका छन् भने सदर आवेदकमध्ये ६ लाख २१ हजार ९३९ आवेदकको हात खाली भएको छ।

कम्पनीले गत साउन ३२ गतेदेखि भदौ ४ गतेसम्म सर्वसाधारणका लागि १०० रुपैयाँ अंकित मूल्यमा १३९ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता २३९ रुपैयाँमा कुल ७६ लाख ८० हजार कित्ता आईपीओ बिक्री खुला गरेको थियो।

यो आईपीओको अन्तिम नतिजा केहीबेरमा सार्वजनिक हुनेछ। अन्तिम नतिजा धितोपत्र बिक्री प्रबन्ध र आईपीओ निष्कासन गर्ने कम्पनीको वेबसाइट र सीडीएससीको iporesult.cdsc.com.np मा हेर्न सकिनेछ।

प्रकाशित मिति : १५ भाद्र २०८०, शुक्रबार ११:२०   :  बजे

21
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।