Logo

कर्पोरेट टक

ऋण काढेर दशैँ नमनाऔं : केपी ओली



काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ऋण काढेर दशैँ नमनाउन आग्रह गरेका छन् ।

शनिबार एक कार्यक्रममा अध्यक्ष ओलीले ऋण बोकेर चाड नमनाउन आग्रह गरेका हुन् । अझै पनि केही मानिसलाई ऋण बोकेर दशैँ मनाउने गरेको उनले बताए ।

उनले दशैँलाई सत्यको दियो जगाउने चेतनाको प्रकाश पुर्‍याउने चाडपर्वका रूपमा मनाउन आग्रह गरे । ओलीले देशका विभिन्न समुदायले मनाउने चाडपर्वमार्फत सामाजिक सद्भाव फैलाउन आग्रह गरेका छन् ।

सामाजिक सञ्जालमा समाजलाई हानी पुर्‍याउने अश्लील र उत्ताउलो खालका कुरा नलेख्न पनि अध्यक्ष ओलीले आग्रह गरे ।

प्रकाशित मिति : २१ आश्विन २०८०, आईतवार ०८:२३   :  बजे

27
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।