काठमाडौं । कैद माफीविरुद्ध राष्ट्रपति कार्यालय शितल निवास अगाडि विरोध प्रदर्शनमा उत्रिएका मानव अधिकार तथा शान्ति समाजका ११ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
राष्ट्रपतिले सजाय माफी गर्न सक्ने अधिकारको दुरुपयोग गर्दै, संभावित आर्थिक चलखेलबारे गहिरो छानविनको माग गर्दै प्रर्दशनमा उत्रिएका शान्ति समाजका संस्थापक सभापति कृष्ण पहाडी, सभापति रामकृष्ण बराल, सल्लाहकार उत्तम पुडासैनी, महासचिव रेनुका पौडेललगायत ११ जनालाई प्रहरीले पक्राउ गरेको हो । उनीहरुलाई प्रहरी वृत्त महाराजगञ्जमामा राखिएको छ ।
निशेधित क्षेत्र तोडेकाले नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । असोज २१ गतेदेखि कैद माफी लगायत विभिन्न १० बुँदे माग राख्दै समाजले आन्दोलन गर्दै आइरहेको छ ।
तस्बिरहरू :






















प्रतिक्रिया