Logo

इन्स्योरेन्स

स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक बसौला निलम्बित



काठमाडौं । सरकारले स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक दामोदर बसौलालाई निलम्बन गरेको छ । निर्देशक बसौलालाई तीन महिनाका लागि निलम्बन गरिएको हो ।

स्वास्थ्य बीमा ऐनको दफा २५ को उपदफा ३ अनुसार बसौलालाई तीन महिनाका लागि निलम्बन गरिएको उल्लेख छ ।

कार्यकारी निर्देशकको जिम्मेवारीमा राख्दा बीमालाई हानी पुग्नुका साथै निर्देशकले प्रमाण नष्ट गर्न सक्ने भन्दै निलम्बन गरिएको पत्रमा उल्लेख छ । बसौलाले पदीय जिम्मेवारी बहन नगरेको भन्दै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले यसअघि असोज ४ गते तीन दिनको म्याद दिएर ११ बुँदे स्पष्टीकरण सोधेको थियो ।

प्रकाशित मिति : २७ आश्विन २०८०, शनिबार ०६:३६   :  बजे

183
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।