Logo

आजको तस्बिर

कांग्रेसको चियापानमा ओली पनि पुगे (तस्बिरहरू)



काठमाडौं । नेपाली कांग्रेसले आयोजना गरेको चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रममा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पनि पुगेका छन् ।

शनिबार दिउँसो एमाले अध्यक्ष ओलीसहित वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष विष्णु पौडेललगायतका नेताहरु कांग्रेस पार्टी कार्यालय सानेपा पुगेका थिए ।

एमाले नेताहरुलाई कांग्रेस सभापति शेरबहादुर देउवा, उपसभापति धनराज गुरुङ लगायतका नेताहरुले स्वागत गरेका थिए । दुई दलका नेताहरुबीच त्यस क्रममा हाँसो ठट्टा पनि भएको थियो ।

तस्बिरहरू 

प्रकाशित मिति : ११ कार्तिक २०८०, शनिबार १५:१७   :  बजे

66
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।