Logo

आजको तस्बिर

यूएन महासचिवको सम्बोधनका लागि संसद्‌मा भइरहेको तयारीकाे सभामुखद्वारा अवलाेकन (तस्बिरहरू)



काठमाडौं । सभामुख देवराज घिमिरेले संयुक्त राष्ट्रसंघ (यूएन)का महासचिव एन्टोनियो गुटेरेसको सम्बोधनका लागि संसद्मा भइरहेको तयारीबारे जानकारी लिएका छन् । सभामुखले सोमबार साँझ संयुक्त सदनको बैठक (प्रतिनिधिसभा) कक्षको व्यवस्थापकीय र प्राविधिक पक्षको निरीक्षण गरेका हुन् ।

महासचिव गुटेरेसले मंगलबार अपरान्ह संयुक्त सदनको बैठकमा सम्बोधन गर्ने कार्यक्रम छ । सभामुखले संसद् सचिवालयका उच्च अधिकारीहरुलाई व्यवस्थापन पक्षलाई त्रुटिरहित सम्पन्न गर्न निर्देशन दिएका छन् ।

सभामुख घिमिरेलेलाई संसद सचिवालयका महासचिव डा. भरतराज गौतम, प्रतिनिधि सभा सचिव पदमप्रसाद पाण्डेय, राष्ट्रिय सभा सचिव डा. सुरेन्द्र अर्याल, प्रवक्ता एकराम गिरी, सुरक्षा अधिकारीलगायतले तयारीबारे जानकारी गराएका थिए ।

तस्बिरहरू:–

 

     

प्रकाशित मिति : १३ कार्तिक २०८०, सोमबार १८:००   :  बजे

30
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।