Logo

अर्थ

घट्यो सुनको मूल्य, कतिमा हुँदैछ किनबेच ?



काठमाडौं । नेपाली बजारमा सुनको मूल्य मंगलबार तोलामा ५ सय रुपैयाँले घटेको छ ।

पछिल्लो समय लगातार उकालो लागिरहेको सुनको मूल्य आज तोलामा ५ सयले घटेर प्रतितोला १ लाख १६ हजार कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।

तेजाबी सुन १ लाख १५ हजार ४ सय ५० रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ । त्यस्तै आज चाँदीको मूल्य प्रतितोला  १० रुपैयाँले  बढेको छ । चाँदी प्रतितोला १४ सय २० रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति : १४ कार्तिक २०८०, मंगलवार १२:४१   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।