काठमाडौं । नेपाली बजारमा सुनको मूल्यमा गिरावट आएको छ । आज सुन प्रतितोला एक हजार रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।
आज छापावाल सुन प्रतितोला १ लाख १३ हजार ७ सय र तेजाबी सुन १ लाख १३ हजार १५० रुपैयाँमा किनबेच भइरहेको महासंघले जनाएकाे छ ।
शुक्रबार छापावाल सुन तोलाको १ लाख १४ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो । यस्तै, आज चाँदीको मूल्य तोलामा २० रुपैयाँ घटेर १३ सय ८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।




















प्रतिक्रिया