Logo

राजनीति

अर्थतन्त्र सुधारका लागि प्रधानमन्त्रीको चासो, आज बृहत् छलफल गर्दै



काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अर्थतन्त्र सुधारका लागि आज बृहत् छलफल गर्ने भएका छन्। अर्थतन्त्रसम्बन्धी छलफल गर्न उनले बृहत् बैठक आह्वान गरेका हुन्।

सरकारको नेतृत्व गर्दा अर्थतन्त्र चुनौतीपूर्ण अवस्थामा रहेको र अहिले अर्थतन्त्रमा राम्रो सुधार आएको भन्दै उनले बैठकमा अर्थतन्त्रमा गति ल्याउने विषयमा गम्भीर छलफल हुने बताएका छन्।

बैठकले ठोस प्याकेज घोषणा गर्ने र अर्थतन्त्रमा सुधार ल्याउने बताइएको छ।

प्रकाशित मिति : ४ मंसिर २०८०, सोमबार ०६:४३   :  बजे

6
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।