Logo

अर्थ

को बन्ला नेपाल बैंकको प्रमुख कार्यकारी अधिकृत, चर्चामा को-को ?



काठमाडौं- नेपाल बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत को बन्ला भन्ने विषय यतिबेला चासोको रूपमा रहेको छ।

बैंकका सिइओ कृष्णबहादुर अधिकारीको कार्यकाल असोज १४ गते सकिएसँगै कायममुकायम प्रमुख कार्यकारी अधिकृतका रूपमा समता पन्तले काम गरिरहेकी छन्।

यहीबीच असोज २१ मा प्रमुख कार्यकारी अधिकृतका लागि आवेदन खुलाएको हो। बैंकको पदपुर्ति समितिले २१ दिनभित्र आवेदन दिन आह्वान गरेको थियो।

बैंकको प्रमुख कार्यकारी अधिकृतका लागि कम्तिमा स्नातकोत्तर गरेको हुनु पर्छ। व्यवसायिक कार्ययोजना पेश गर्नु पर्छ।

बैंकको सिइओका लागि विभिन्न व्यक्तिले आवेदन पेस गरेका दिए ।

स्रोतका अनुसार आवेदन पेस गर्नेमा अशोक कुमार पौडेल, विभुप्रसाद अर्याल, रामदेव यादव, सुन्दर पन्थी, लक्ष्मण पौडेल, छपिराज पन्त, राजुनाथ खनाल, बिष्णु देव यादव, प्रमोद बाबू तिवारी, रमेश प्रसाद जोशी, शंकर केसी, सुरेन्द्र भुषण श्रेष्ठ, प्रताप सुवेदी, तिलक राज पाण्डेय, दीर्घ बहादुर अर्याल, ध्रुवचन्द्र गौतम, समता पन्त, देवेशप्रसाद लोहनी र कृष्ण प्रसाद आचार्य रहेका छन् । यी मध्ये समता, लक्ष्मण, धुर्वचन्द्र र प्रतापको चर्चा बढी रहेको छ ।

प्रकाशित मिति : १७ मंसिर २०८०, आईतवार १५:५६   :  बजे

138
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।