Logo

राजनीति

कांग्रेसले बोलायो कार्यसम्पादन समिति बैठक



काठमाडौं । नेपाली कांग्रेसले विभिन्न विषयमा निर्णय गर्न केन्द्रीय कायर्यसम्पादन समितिको बैठक बोलाएको छ । मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार बैठक २०८० मंसिर २९ गते शुक्रबार दिउँसो १२ः१५ बजे पार्टीको केन्द्रीय कार्यालय, बी.पी. स्मृति भवनमा बस्नेगरी बोलाइएको छ ।

उक्त बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूको उपस्थितिका लागि निर्देशानुसार अनुरोध गरिएको पौडेलले जानकारी दिएका छन् ।

बैठकमा छलफलका लागि तीन प्रस्ताव पेश गरिने छ । महासमिति बैठक तयारी सम्बन्धमा, जाजरकोट भूकम्प सम्बन्धमा र समसामयिक राजनीतिक विषय छलफलका प्रस्ताव रहेका छन् ।

प्रकाशित मिति : २५ मंसिर २०८०, सोमबार १६:०८   :  बजे

27
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।