Logo

प्रमुख समाचार

एमालेको संकल्प यात्रालाई अवरोध गरेकाे आराेपमा पूर्वमन्त्री गाेपाल किराँती पक्राउ



काठमाडाैं । एमालेको अभियानलाई अवरोध गर्न खाेजेकाे आराेपमा पूर्वमन्त्री गाेपाल किराँती पक्राउ परेका छन् । उनी खाटाङबाट पक्राउ परेका हुन् ।

किराँतीसहित झन्डै एक दर्जन पहिचानवादीलाई पक्राउ प्रहरीले पक्राउ गरेकाे छ । एमालेको संकल्प यात्रालाई लक्षित गर्दै पहिचानवादीले काेशी प्रदेशका जिल्लाहरूमा बन्दसम्मका आन्दोलन घोषणा गरेका छन् । थप तनाव नहाेस् भनेर त्यस क्षेत्रमा सुरक्षा निगरानी बढाइएको छ ।

सङ्कल्प यात्राका क्रममा दिउँसो १ बजे एमाले अध्यक्ष केपी शर्मा ओली उदयपुर, ओखलढुंगा, खोटाङ र सोलुखुम्बुको संयुक्त व्यवस्थापनमा तयार पारिएको घुर्मी-हर्कपुर पुग्ने कार्यक्रम छ । सो कार्यक्रमलाई अवरोध गर्न पहिचानवादीहरुले बन्दको आव्हान गरेका छन् ।

प्रकाशित मिति : २६ मंसिर २०८०, मंगलवार १२:३२   :  बजे

9
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।