Logo

प्रमुख समाचार

धनकुटामा एमाले अध्यक्ष ओलीमाथि मुक्का प्रहार



धनकुटा । मध्य पहाडी राजमार्गमा संकल्प यात्रामा रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीमाथि धनकुटामा एक जनाले मुक्का प्रहार गरेका छन् ।

भोजपुरबाट धनकुटा प्रवेश गरेपछि महालक्ष्मी नगरपालिका ५ लेगुवामा ओलीमाथि मुक्का प्रहार भएको हो । उनीमाथि लेगुवाकै महेश राईले मुक्का हानेका हुन् ।

अतिथि सत्कारको लाइनमा माला लगाउन उभिएका राईलेले अध्यक्ष ओलीलाई मुक्का प्रहार गरेका हुन् । तत्काल ओ‌लीका अंगरक्षक र एमाले कार्यकर्ताले रोकेका थिए । लगत्तै प्रहरीले राईलाई पक्राउ गरी अनुसन्धान सुरू गरेको छ ।

एमाले अध्यक्ष ओली पार्टीको मध्यपहाडी लोकमार्ग केन्द्रित संकल्प यात्रा अभियानमा सहभागी छन् ।  सोही दौरान उनी धनकुटा जाने कार्यक्रम रहेको थियो।

प्रकाशित मिति : २८ मंसिर २०८०, बिहीबार १६:३८   :  बजे

765
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।