काठमाडौं । नेपाली कांग्रेसको महासमिति बैठक सरेको छ । शुक्रबार बसेको कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले महासमिति बैठक फागुन ७ देखि १० गतेसम्म गर्ने निर्णय गरेको नेता रमेश लेखकले जानकारी दिए ।
कांग्रेसले यसअघि पुस १६ देखि १९ सम्म महासमिति बैठक गर्ने निर्णय गरेकोमा त्यसलाई परिवर्तन गरेर फागुनमा पुर्याएको हो । योसँगै कांग्रेसको महासमिति बैठक तेस्रो पटक सरेको हो ।
यही समयमा राष्ट्रियसभा चुनाव पनि हुने भएकाले बैठक सार्ने निर्णय भएको नेता रमेश लेखकले बताए । राष्ट्रियसभा चुनावका लागि निर्वाचन आयोगमा दल दर्ता गराउने र उम्मेद्वारलाई दिने पत्रमा सभापति शेरबहादुर देउवाले हस्ताक्षर गर्ने निर्णय पनि बैठकले गरेको छ ।




















प्रतिक्रिया