काठमाडौं । नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङले पार्टीकाे संकल्प यात्राका क्रममा जनता राजतन्त्र वा नयाँ दलप्रति आकर्षित नरहेको पाएको बताएका छन् ।
शनिबार तेह्रथुमको आठराई गाउँपालिकामा सञ्चारकर्मीसँग कुरा गर्दै उनले एमालेको झुलाघाट-चिवाभञ्ज्याङ यात्राले जनताहरु राजतन्त्र र नयाँ दलप्रति आकषिर्त नरहेको पाएको बताएका हुन् ।
एमालेप्रति जनताको क्रेज रहेका बताउँदै उपमहासचिव गुरुङले एमाले पुरानो पार्टी भयो भन्नेहरुलाई यात्राबाटै जनताले जवाफ दिएको दाबीसमेत गरे । एमाले पहिचान विरोधी नभएको प्रष्टीकरणसमेत उनले दिए ।




















प्रतिक्रिया