काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले अहिले देशभरि नेता कुट्ने चलन चलिराखेको भन्दै यस्ताे अवस्था कसले बनायाे भनि प्रश्न गरेका छन् । युवा संगठन काभ्रेको अधिवेशनमा सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले यस्ताे बताएका हुन् ।
‘देशभरि नेता कुट्ने चलन चलिराखेको छ । यो राम्रो कुरा होइन । यस्तो कुराको राष्ट्रिय प्रजातन्त्र पार्टीले विरोध र आलोचना गर्छ । तर, नेता देख्यो कि कुटिहाल्ने अवस्था कसले बनायो ?’, उनले भने ।
अध्यक्ष लिङ्देनकाे अभिव्यक्ति लाेकतान्त्रिक दलहरूप्रति लक्षित थियाे । बिहीबार मध्यपहाडी संकल्प यात्राको क्रममा धनकुटा र भोजपुरको बिचमा पर्ने लेगुवा पुगेका एमाले अध्यक्ष केपी शर्मा ओलीमाथि एक व्यक्तिले आक्रमण गरेका थिए ।
प्रदेश १ काे नाम काेशी राख्नमा मुख्य भूमिका खेलेकाे एमालेका एकपछि अर्काे नेतामाथि पछिल्लाे समय पहिचान पक्षधरले आक्रमण गर्दै आएका छन् । यी नै सन्दर्भलाई लिएर राप्रपा अध्यक्ष लिङ्देनकाे यस्ताे अभिव्यक्ति आएकाे हाे ।




















प्रतिक्रिया