Logo

अर्थ

उखु किसानको ५२ करोड बक्यौता तत्काल उपलब्ध गराउन प्रधानमन्त्री प्रचण्डको निर्देशन



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उखु किसानको बाँकी रहेको अनुदान रकम तत्कालै उपलब्ध गराउन निर्देशन दिएका छन् । उनले आइतबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा मन्त्रीहरू, मुख्यसचिव र सचिवहरूलाई बोलाएर यस्तो निर्देशन दिएका हुन् ।

प्रधानमन्त्रीले बाेलाएपछि अर्थमन्त्री डा. प्रकाशशरण महत, कृषि मन्त्री डा. बेदुराम भुसाल र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजाल, मुख्यसचिव डा. बैकुण्ठ अर्याल एवम् अर्थ मन्त्रालय, कृषि मन्त्रालय र उद्योग मन्त्रालयका सचिवहरू प्रधानमन्त्रीपरिषद्काे कार्यालय पुगेका थिए ।

बैठकले उखु किसानहरूको बाँकी भुक्तानी तत्काल उपलब्ध गराउने निर्णय गरेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जारी गरेको सूचनामा उल्लेख छ । आर्थिक वर्ष २०७९/८० को किसान प्रोत्साहन बापत सरकारले प्रतिक्विन्टल ७० रुपैयाँ अनुदान उपलब्ध गराउने निर्णय गरेको थियो । सो मध्येको करिब ५२ करोड रुपैयाँ भुक्तानी हुन बाँकी रहेको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : १ पुष २०८०, आईतवार १९:००   :  बजे

33
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।