Logo

प्रमुख समाचार

बालेनसँग प्रधानमन्त्रीकाे गुनासाे- ‘बाेलेर जवाफ नसुनी हिँड्नेसँग मलाई इरिटेसन हुन्छ’ 



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले आफ्नाे कुरा नसुनेकाेमा गुनासाे गरेका छन् । ललितपुर महानगरको स्थापना दिवसमा मेयर शाहले फोहोर व्यवस्थापन, काठमाडौंको खोला अतिक्रमणलगायको विषयमा संघीय सरकारबाट अपेक्षित सहयोग नपाएको भन्दै त्यसका लागि प्रधानमन्त्रीलाई पहल गरिदिन आग्र गरेका थिए ।

तर प्रमुख अथितिका रुपमा प्रधानमन्त्री प्रचण्डले सम्बाेधन गर्नुअघि नै उनी कार्यक्रमबाट बाहिरिए । पछि प्रधानमन्त्रीले सम्बाेधन गर्दै भने, ‘बालेन्द्रजी गइहाल्नुभयो पहिला बोलेर हिँडिहाल्नेसँग पनि मलाई अलि इरिटेसन हुन्छ । आफूलाई लागेको कुरा भनिहाल्ने अनि त्यसको जवाफ सुन्न चाहिँ नबस्ने, बस्नुपर्छ प्रमुख अतिथिले बोल्ने बेलासम्म ।’

प्रधानमन्त्री प्रचण्डले मेयर बालेनले राखेका विषयमा आफूले जति छलफल र पहल कसैले नगरेकाे बताए । त्यसलाई भने मेयर साहले नदेखेकाे उनले गुनासाे गरे । प्रचण्डले थपे, ‘म उहाँलाई भन्न चाहन्छु चाहे त्यो बागमतीमा बसेकाको हस्तक्षेपको कुरालाई होस्, या तीनकुनेको कुरालाई होस् । चाहे उपत्यकाको फोहोर व्यवस्थापनको विषयमा कतिपटक सिंहदबारमा बैठक भयो । अहिलेको प्रधानमन्त्री जस्तो सकारात्मक र रचनात्मक ढंगले समन्वय गरेको अर्को कसैले देख्नुभएको छ ?’

काठमाडौंको मेयर भएकाले उपत्यकाका ललितपुर र भक्तपुरसँग समन्वय गर्ने जिम्मेवारी बढी बालेनकै भएको उनको भनाइ छ ।

प्रकाशित मिति : २ पुष २०८०, सोमबार १३:०३   :  बजे

96
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।