काठमाडौं । सर्वोच्च अदालतकाे न्यायाधीशमा सिफारिस ६ जनाको संसदीय सुनुवाइ सकिएको छ । गत शुक्रबारदेखि सुरु भएको सुनुवाइ सोमबार सकिएको हो ।
अब उनीहरूको नाम अनुमोदनका लागि ४ पुसमा अर्को बैठक बस्ने बाेलाइएकाे छ । न्याय परिषद्ले सर्वोच्च अदालतको न्यायाधीशमा सारंगा सुवेदी, अब्दुल अजिज मुसलमान, महेश शर्मा पौडेल, टेकप्रसाद ढुंगाना, सुनिल पोखरेल र बालकृष्ण ढकालको नाम सिफारिस गरेको थियो ।




















प्रतिक्रिया