Logo

अर्थ

३५ अंकले बढ्यो सेयर बजार, ७ अर्बको कारोबार



काठमाडौं । साताको पहिलो दिन नै सकारात्मक दिशामा लागेको सेयर बजार आज चौथो दिन पनि उकालो लागेको छ। बुधबार नेप्से परिसूचक ३५.३९ अंकले बढेर २१४१.८७ मा बन्द भएको छ ।

त्यस्तै सेन्सेटिभ परिसूचक पनि ४.९४ अंकले बढेर ४०२.६३ बिन्दुमा पुगेको छ । बजार खुलेदेखिनै विभिन्न उतारचढाव व्यहोरेको नेप्से सोमबार अन्तत १.६८ प्रतिशतले बढ्न पुगेको हो ।

बजारमा आज ७ अर्ब रुपैयाँ माथिको कारोबार भएको छ । जसमा १६१ कम्पनी बढेका छन् भने ७८ कम्पनी घटेका छन् । यसैगरी ५ वटा कम्पनीको सेयर भने स्थिर रहन पुगेका छन् । यो दिन पनि बोटलर्स नेपाल बालाजुको शेयरमा १० प्रतिशतको उछाल आएको छ ।

आज सर्वाधिक रकमको कारोबार गर्ने कम्पनीमा शिवम सिमेन्ट रह्यो भने सर्वाधिक शेयर कारोवार हिमाल दोलाखा हाइड्रोपावर रह्यो ।

शिवम सिमेन्टको सर्वाधिक कारोबार भएको बजारमा आज उच्च कारोबार गर्ने शीर्ष १० मा २ वटा जीवन बीमा कम्पनी पर्न सफल भएका छन्। आज रिलायबल नेपाल लाइफ र हिमालयन लाइफ शीर्ष १० भित्र पर्न सफल भएका हुन् ।

त्यस्तै, शिवम सिमेन्ट ३७ करोड ३४ लाख रुपैयाँ, सोल्टी होटल २४ करोड ५३ लाख रुपैयाँ, सोनापुर मिनरल्स २० करोड १५ लाख रुपैयाँ, हिमाल दोलखा हाइड्रोपावरः १८ करोड १३ लाख रुपैयाँ, निफ्रा १७ करोड ५४ लाख रुपैयाँ, रिलायबल नेपाल लाइफ १६ करोड ७३ लाख रुपैयाँ, हिमालयन लाइफ १३ करोड ९१ लाख रुपैयाँ, माउन्टेन इनर्जी १३ करोड २४ लाख रुपैयाँ,घोराही सिमेन्ट १३ करोड ७ लाख रुपैयाँ,नागरिक लगानी कोष १२ करोड ६० लाख रुपैयाँकाे सर्वाधिक काराेबार भएकाे छ ।

आज सबैभन्दा धेरै ११ कम्पनीका लगानीकर्ताले कमाएका छन् । ११ कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् ।

आज बोटलर्स नेपाल वालाजू, हिमालयन डिष्टिलरी, फरवार्ड माइक्रोफाइनान्स, लिवर्टी इनर्जी, एनआरएन लगायत ११ कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाउका हुन् । चार कम्पनीका लगानीकर्ताले ९ दशलमव ६० प्रतिशतभन्दा बढीले कमाएका हुन् ।

प्रकाशित मिति : ४ पुष २०८०, बुधबार १५:५१   :  बजे

33
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।