काठमाडौं । दुई दिनको सार्वजनिक बिदापछि खुलेको सेयर बजार ओरालो लागेको छ । आज (बुधबार) सेयर बजारको परिसूचक नेप्से १७.२३ अंकले घटेर २०७०.८४ बिन्दुमा बन्द भएको छ ।
अघिल्लो कारोबार दिन आइतबारको तुलनामा यसदिन कारोबार रकम पनि खुम्चिएको छ । यसदिन ५ अर्ब २४ करोड रुपैयाँको कारोबार भएको छ । आइतबार ७ अर्ब ११ करोडको धितोपत्र कारोबार भएको थियो । आज ३०७ वटा धितोपत्रको १ करोड ४३ लाख ३७ हजार ७३८ कित्ता सेयर किनबेच भयो ।
१३ उपसूचकमध्ये र्जीवन बीमा र म्युचुअल फण्डबाहेकका सबै समूह घटेका छन् ।
समग्र सेयर बजार घट्दा पनि ९ कम्पनीको मूल्य १० प्रतिशत बढेको छ। नेपाल इन्स्योरेन्स, इनिफिनिटी लघुवित्त, मनकामना इन्जिनियरिङ हाइड्रोपावर, चिरख्वा हाइड्रोपावर, नेपाल वेयरहाउजिङ कम्पनी, भिजन लुम्बिनी ऊर्जा, माइखोला हाइड्रोपावर, मुक्तिनाथ कृषि कम्पनी र त्रिशुली जलविद्युत् कम्पनीको मूल्य १० प्रतिशतले बढेको हो ।
त्यस्तै ४ कम्पनीको मूल्य १० प्रतिशत नै घटेको छ । बीपीडब्लू लघुवित्त, हिमालयन हाइड्रोपावर र सूर्याज्योति लाइफ इन्स्योरेन्सको मूल्य १० प्रतिशत हाराहारीमा घट्यो । नेपाल रिपब्लिक मिडियाको ७.४ र हिमालयन पावर पार्टनरको मूल्य ५.९ प्रतिशत घट्यो । कारोबार रकमका आधारमा सोनापुर सिमेन्ट, शिवम् सिमेन्ट, सूर्याज्योति लाइफ इन्स्योरेन्स, हाथवे इन्भेस्टमेन्ट कम्पनी र नेपाल रिपब्लिक मिडिया क्रमशः अगाडि रहे ।




















प्रतिक्रिया