काठमाडौं- नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज बस्ने भएको छ। बैठकमा राष्ट्रियसभाको चुनावबारे छलफल हुनेछ प्रवक्ता प्रकाशशरण महतले जानकारी दिए।
बैठकमा पार्टीका आन्तरिक विषयसँगै समसामयिक राजनीतिक विषयमा पनि छलफल हुने बताइएको छ।
बैठक पार्टीको केन्द्रीय कार्यालय, सानेपामा, दिउँसो १ बजे बस्ने छ।
यसअघि गत मंसिर २९ गते बसेको कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले राष्ट्रिय सभा सदस्यको निर्वाचनका लागि उम्मेदवारको नाम सिफारिश गर्न विधान बमोजिम प्रदेश कार्यसमितिलाई परिपत्र गर्ने निर्णय गरेको थियो।
केन्द्रीय कार्यसम्पादन समितिको बैठकको निर्णयानुसार उम्मेदवार सिफारिस गर्न प्रदेशहरुलाई परिपत्र भइ प्रदेशहरूबाट उम्मेदवारको नामावली केन्द्रमा सिफारिस हुन थालेको छ।
कांग्रेसले महासमितिको बैठकको मिति भने परिमार्जन गरी २०८० फागुन ७ देखि १० गते, ललितपुरमा गर्ने गरी निर्धारण गरेको छ।




















प्रतिक्रिया